विकासमा सांसद कोइरालाको चासो, अनुगमनमा पुगे वेगनासताल

पोखरा, १६ वैशाख/ गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले अनुगमनलाई निरन्तरता दिएका छन् ।

कोइरालाले मंगलबार आफ्नै निर्वाचन क्षेत्र बेगनासताल बाँधमा भइरहेको कामको अनुगमन गरेको हो । कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने देशकै महत्वपुर्ण ताल मध्यको वेगनास ताल पनि रहेकोले बाँध निर्माणले तालको शुन्दरतामा पनि सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

विश्वभर फैलिएको कोभिड १९ (कोरोनाभाइरस) को कारण निर्माण सामग्री र मजदुर ल्याउन समस्या भए आफुले सहयोग गर्ने निर्माण कम्पनीलाई विश्वास दिलाए । अब विकासको काम गर्दै जानु पर्ने भएकोले बेरोजगार भएका मजदुरहरुलाई कामगर्ने बातावरण बनाउने तर्फ सबै लाग्नु पर्नेमा जोड दिए ।

सुरक्षा विधि अपनाएर श्रमिकहरुलाई काममा लगाउन निर्माण कम्पनीलाई आग्रह गरे । सांसद कोइरालासंगै अनुगमनमा पुगेका जल स्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले बाँध निर्माण २ करोडको लागतमा हुनलागेको बताए ।

कैलाश पर्वत निर्माण सेवाले ठेक्का पाएको बाँध निर्माणको काम यही असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष रहेको उनले बताए । लकडाउनको कारण केही दिन काममा बाधा भए पनि त्यस क्षेत्रका सांसद कोइराला सहित सवैको सहयोगले निर्माण सुचारु भएको उनले बताए ।

बाँध निर्माणको लागि लकडाउन अगाडि खनेर राखेको बाँधको जगबर्खा लाग्दा समेत निर्माण हुन नसकेर झन खतरा उत्पन हुने हो की भन्ने चिन्ता भएकोमा चार दिन देखि कामसुचारु भएकोले अबभने जोखिम नहुने इन्जिनियर आचार्यले बताए ।

योजनाका इन्जिनियर मोहनराज आचार्यले २०४५ सालमा निर्माण भएको वेगानास ड्याम अहिले मर्मत तथा निर्माण भएपछि पाइपिङ हुने समस्या नआउने बताए । बाँध पुरानो हुदै गएपछि विस्तारै तालको पानी बाँधबाट छिरेर बाहिर आउने (पाइपिङहुने) आचार्यको भनाई थियो । अहिले भएको पुर्न निर्माणले ड्यामको आयु बढाउनु पर्ने बताए । सांसद कोइरालले बेगनास ड्यामलाई पर्यटकीय आर्कषणको क्षेत्र बनाइने बताए ।

कमेन्टहरु
Loading...