डेंगु र सेतो पुतलीबाट लाग्ने रोगको बारेमा अनेरास्ववियूको जनचेतना कार्यक्रम

पोखरा, २८ भदौ /अनेरास्ववियू कास्कीले गत भदौ २५ गतेदेखि सुरु गरेको डेंगु र सेतो पुतली बाट लाग्ने रोगको बारेमा जनचेतना जगाउने कार्यक्रम शुक्रबार​ समापन गरेको छ । शुक्रबार सम्म कास्किका २० वटा सामुदायिक स्कुलमा कार्यक्रम सम्पन्न गरेको हो । अनेरास्ववियूले पृथ्वीचोकको आसपासका क्षेत्रमा पनि पर्चा सामाग्री र मलम बितरण गरेको थियो।

अभियानमा करिब पच्चीस हजार मानिस सग प्रत्यक्ष भेटेर सुरक्षाका उपाएका बारेमा जानकारी गराएको कार्यक्रम संयोजक अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले जानकारी दिए। कास्की बाट मात्र यो लामखुट्टे र सेतो पुतली पुर्णतः निर्मुल गर्न नसकिने गौतमले बताए । यसको निम्ति राज्यको तहबाट एकैपटक अभियान सुरु गर्नु पर्ने बताए ।

नबप्रभात माबिका बिद्यार्थीले यो जानकारी बाट आफुहरुले धेरै कुरा सिकेको बताए । अभियान सुरु गर्ने अनेरास्ववियूलाई उनिहरुले धन्यवाद दिए । कार्यक्रममा डेंगु प्रशिक्षक डाक्टर​ सन्देश रमण पराजुली र नेत्र विशेषज्ञ सुबास नेपाल र धर्मेन्द्र घोरासैनी रहेका थिए । अनेरास्ववियु क्षेत्रीय इन्चार्ज रोशन भट्टराईले कार्यक्रम माथी प्रकाश पारेका थिए भने संचालन जिल्ला सचिवालय सदस्य माधब गौतमले गरेका थिए ।

कमेन्टहरु
Loading...