पोखराका ठाउँमा डिजिटल प्रतीक्षालय

पोखरा, २७ वैशाख /पर्यटकीय शहर पोखरामा डिजिटल प्रतीक्षालय संचालनमा आएको छ । सार्वजनिक निजी साझेदारी अवधारण अन्तर्गत पोखराका बिभिन्न सडक पेटीमा ५३ वटा डिजिटल यात्रु बस प्रतिक्षालय संचालनमा आएको हो ।

२०७३ माघमा पोखरा महानगरपालिका र आकृति एड्भरटाईजिङ प्राली बिच सार्वजनिक निजी साझेदारी अवधारणा अन्र्तगत निर्माण भएको डिजिटल यात्रु बस प्रतिक्षालय बुधवार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे । पोखरा महानगरपालिकाले आकृति एड्भरटाईजिङ प्राली, एपेक्स इन्टरनेशनल र सागम्बरी एड्भरटाईजिङ प्रालि संग सार्वजनिक निजी साझेदारी अवधारण अन्तर्गतडिजिटल यात्रु बस प्रतीक्षालय निर्माण गर्न ५ बर्षको सम्झौता भएको थियो ।

सोही सम्झैता अनुसार आकृति एड्भरटाईजिङले ४० वटा प्रतीक्षालय निर्माण गरेको छ । अन्य दशवटा पनि निर्माण गर्ने प्रालीका मनोजकुमार चौहानले बताए । यसै गरि ऐपेक्स इन्टरनेशनल प्रालीले ५ वटा र सागम्बरी एड्भरटाईजिङ प्रालिले ८ वटा डिजिटल यात्रु बस प्रतीक्षालय निर्माण गरि सकेको पोखरा महानगरपालिकका इन्जिनियर सुरेन्द्र पौडेलले बताए । प्रतीक्षालयको संरक्षण र मर्मत सुधार गर्ने काम प्रालीले नै गर्नु पर्ने छ । पाँच बर्ष पछि प्रतिक्षालय महानगरलाई निर्माण कम्पनीले हस्तान्तरण गर्ने छन् ।

प्रतीक्षालय निर्माण र संचालन अनुमति लिएका निर्माण कम्पनीले एउटा डिजिटल प्रतीक्षालय बराबर बर्षमा ४० हजार महानगरलाई बुझाउने सम्झैताछ । प्रतीक्षालयमा राखेको विज्ञापनको महानगरले तोके दर अनुसारको छुट्टै कर निर्माण कम्पनीले महानगरपालिकालाई तिर्ने आकृति एड्भरटाईजिङ प्रालिका मनोजचौहानले बताए । डिजिटल प्रतिक्षालयमा कुन बस कहाँ जान्छ बस नम्बर सहित सूचना राखिने उनले बताए ।

प्रतिक्षालयमा २५ प्रतिशत स्थानमा महानगरको बिभिन्न सूचना समेत राखिएको छ । पोखराका बिभिन्न ८ स्थानमा फिष्टेल होल्डीङ प्रालिले डिजीटल ट्राफिक आइल्यण्डा निर्माण गरि संचालनमा आएका छन् । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मानबाहादुर जिसीले पोखरालाई स्र्माट सिटीको रुपमा विकास गर्ने अभियानको पहिलो चरणमा डिजिटल प्रतिक्षालय निर्माण गरि संचालनमा आएको सुनाए ।

कमेन्टहरु
Loading...