दीपक मनाङे ६ हजार धरौटीमा छुटे, मिलनलाई सात दिन म्याद थप

पोखरा, १२ माघ / एन्फा कास्की अध्यक्ष मिलन गुरुङ गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) आइतबार धरौटीमा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय, कास्कीले मनाङेलाई आइतबार ६ हजार धरौटीमा रिहा गरेको हो ।

रिहा हुनुअघि आजै सरकारी वकिलको कार्यालयमा मनाङेसँग बयान लिइएको थियो । उनलाई फागुन १३ गते तारेख तोकिएको छ । रिहा भएपछि मनाङेले ठग मिलन गुरुङ विरुद्धको आफ्नो लडाइ सफल भएको बताए । उनले अब एन्फा भ्रष्टाचार बाहिर आउने बताए । मनाङेले आफूमाथि कुटपिट गरेको भन्दै एन्फा अध्यक्ष गुरुङले मंगलबार प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा प्रहरीले मनाङेलाई पक्राउ गरी दुर्वव्यवहार तथा फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो । मनाङेले कास्कीका एन्फा अध्यक्ष गुरुङलाई पोखराको भण्डारढिक रंगशालामा झापड हानेको थिए ।

त्यसै गरी अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पोखराले अनुमति दिएको छ । गत शुक्रबार पक्राउ परेका गुरुङसँग आइतबार सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो ।

बयान पछि उच्च अदालतले गुरुङमाथि अनुसन्धान गर्न प्रहरीलाई थप ७ दिनको म्याद उपलब्ध गराएको हो । उनीविरुद्द शुक्रबार लेकसाइडस्थित ॐ गौरा जोस्टेल होटलका सञ्चालक हरिभक्त आचार्यले बैंकिङ कसुर मुद्दामा उजुरी दर्ता गराएका थिए ।

कमेन्टहरु
Loading...