नहरमा खसेर १८ जनाको मृत्यु, नहर मान्छेमार्ने धराप भयो- सभापति कोइराला

पोखरा, १२ माघ / गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा र लेखनाथ क्षेत्रमा रहेको नहर मान्छेमार्ने धराप जस्तो भएको बताएका छन् ।

प्रदेश सभा पाँचौ अधिवेशनको छैटौ बैठकको विशेष समयमा सभापति कोइरालाले २०७४ असोज देखि २०७६ पौष सम्म नहरमा परेर १८ जनाको मृत्यु भएको बताए । २ बर्षको बच्चादेखि ८० बर्ष सम्म ज्येष्ठ नागरिक नहरमा परेर ज्यान गुमाउनु परेको भन्दै कोइरालाले नहरलाई ब्यबस्थापन गर्न सभामुख मार्फत प्रदेश सरकारलाई महानगर संग सहकार्य गरेर समाधान गर्न आग्रह गरे ।

अधिकास ठाउँमा नहर खुल्ला भएकोले नहर मान्छेमार्ने धराप भयो कोइरालाले बताए । कोइरालाले पोखरा २७ खरानेमा रहेको नहरमा परेर २ बर्षका बालक प्रेम शर्मा, पोखरा १४ मझेरीपाटनको नहरमा परेर २ बर्षिय सुहानी परियार, पोखरा २६ सेती नहमा परेर घैटोखोरका ४ बर्षिय बालक अन्जित गुरुङ, पोखरा ५ प्रस्याङमा ४ बर्षिय सृजना सुवेदीको मालेपाटनमा रहेको नहरमा खसेर मत्यु भएको बताए ।

कोइरालाले १० महिना अगाडी पोखरा १२ सेती नहरमा परेर संगित कर्मी श्रीमान थुलुङराईलाई गुमाउनु परेको स्मरण गराए । कोइरालाले विकास गर्नुपर्छ तर त्यही विकास मान्छे मार्ने हुन नहुने बताए ।

कोइरालाले मोटर साइकलमा हिड्दै गर्दा विजुली तार चुडिएर शिक्षक विष्णु बस्ताकोटीले ज्यान गुमाउनु परेको भन्दै विकास ब्यबस्थित र जोखिम कम हुनेगरि गराउनु पर्ने बताए । जन्मेपछि मत्यु अबश्यक हुन्छ तर मानबले निर्माण गरेका विकासको कमजोरीको कारण अकालमा ज्यान जानु दुखद भएको भन्दै विकास गर्दा मानवीय सुरक्षा मुख्य प्राथामिकतामा राख्नु पर्ने बताए ।

कमेन्टहरु
Loading...