देशमा शैक्षिक वरोजगार बढ्योः सभापति कोइराला

पोखरा, २५ पुस / गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले देशमा शैक्षिक बेरोजगार बडेको बताउनु भएको छ ।

पोखरा ३२ मजुवामा रहेको कालिाका आधारभूत विद्यालयको २९ औं वार्षिकउत्सव एवं पुरस्कार वितरण समारोहको उद्घाटन गर्दे कोइरालाले सो कुरा बताउनु भएको हो । अहिले देशमा शैक्षिक वेरोजगारको संख्या वृद्वि भएको भन्दै अब विद्यालयहरुमा हाम्रो माटो र हावापानी सुहाउने शिक्षा दिनुपर्ने बताउनु भयो ।

कोइरालाले अहिलेका धेरै विद्यालय प्राविधिक शिक्षा नभएकोले डिग्री गरेकाहरुपनि बेरोजगार बन्नु परेको बताउनु भयो । गण्डकी प्रदेश सरकारले देशमै रोजगार दिनेखालको जनशक्ति उत्पादन गर्नको लागी गण्डकी विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको जनाउदै सके स्वरोजगार नसके रोजगार हुने खालको शिक्षा अहिलेको आबश्यकता रहेको उहाँको भनाई थियो ।

अहिले भएका विश्वविद्यालयहरुले पनि देशको माग अनुसारको जनशक्ति उत्पादन नगरेकोले गण्डकी विश्वविद्यालय आबश्यकता परेको बताउनु भयो । कार्यक्रममा वडानं ३२का वडाध्यक्ष अक्ल बहादुर कार्र्की प्रधानध्यापक दोर्णराज सुवेदी,शिक्षक निर्मला घिमिरे, विद्यार्थी सविना नेपाली लगायतले बोल्नु भएको थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष होम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक ओसिन गुरुङले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...