दारी ग्याङ पोखराका दुई दिने ट्राफिक सचेतना

पोखरा, २२ जेठ/दारी ग्याङ पोखराले पोखरामा दुई दिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार र मंगलबार विहान र साझँ पोखराको ब्यस्त सडक पृथ्बिचोक, सभागृह चोक, भिमसेन चोक, चिप्लेढुङ्गा, लगायतको स्थानमा जेब्रा क्रसिङमा बाटो काट्ने बटुवालाई बाटो काट्न सिकाएका थिए ।

कति दुरिमा गाडी रोक्ने भन्ने चालकहरुलाई जानकारी पनि गराएका थिए । कार्यक्रममा संस्थापक संयोजक शेखर गौतमले हरेक अप्ठेरोमा दारी ग्याङलाई सम्झन आम जनसमुदायलाई आग्रह गरेका थिए ।

हस्पिटलको सैया देखि सडक सम्म जनतालाई सहयोगमा खटिने बताए । ट्राफिक कार्यालय कास्किका सहि मिलन शाहीले दारी ग्याङको यो कार्य सराहनीय रहेको र समाजमा अमिट छाप छोडेकोमा खुशी ब्यक्त गरे ।

कार्यक्रममा प्रचारका लागि हाते पर्चा ,स्टिकर पनि बाढिएको थियो। दारी ग्याङ पोखराका संयोजक वसन्त पहारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वसन्त मिश्रले गरेका थिए ।

कमेन्टहरु
Loading...