डान्सबारमा काममा लगाईएका २ वालिकाको कास्की प्रहरी द्धारा उद्धार

पोखरा, १ साउन /जिल्ला प्रहरी कास्की ले पोखराका ६ लेकसाइडकाबाट दुई जना बालिकाको उद्धार गरेको छ । प्रहरीले पोखरा महानगर पालिका वडा नं ६ लेकसाईडको क्लब नाइन्टी नाइन र डिएनडि रेष्टुरेण्ड एण्ड बारबाट दुई जना बालिकाको उद्धार गरेको हो ।

बालिकालाई काममा लागउने क्बल र बारका सञ्चालक तथा म्यानेजरलाई समेत पक्राउ गरेर सार्वजनिक मुद्धामा म्याद थप गरेका कास्कीका प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीको भनाई थियो । पिडित वालिकालाई आबश्यक सोधपुछ पछि शक्ति समुह नागढुगा पोखरामा पुनस्थापनाको लागि राखीको प्रहरीले जानकारी दिएको छ ।

बिभिन्न होटल रेष्टुरेण्ट तथा डान्स बार समेतमा १८ बर्ष भन्दा मुनिका वालवालिकाहरुलाई अबैध कार्यमा लगाउने गरेको गोप्य सुचनाका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।

कमेन्टहरु
Loading...