दमकलमा पानी नै नलिकन जाने कर्मचारीलाई सांसदले गरे कार्वाहीको माग

पोखरा, २७ चैत /पोखराको बिरौटा चोकको बिजुलीको पोलमा आगो लागेको थियो । आगोलागी भए पछि वरपरका मानिसहरु आत्तिय कोही विजुली अफिसमा फोन गरेर त कोही दकललाई, कोहीले पुलिसलाई ।

विजुलीको पोलमा लागेको आगो दन्दन दन्कि रहेको थियो । आगो जति ठुलो हुन्छ अवपरका मानिसहरु त्यती नै आत्ति रहका थिए । केही बेर पछि पोखरा महानगरपालिकाको दमकल आयो । दमकल आए पछि आगोनिभाउछ भन्ने सबैलाई लागेको थियो ।

दमकलबाट पाइप निकाले र पानी फाल्न खाज्दाँ थाहा भयो कि दमकलमा त पानी नै रहेनछ । पानी नै नलिकनै दमकल पुगे पछि सबै अचम्ममा परे । दमकल पानी लिन हिड्यो । स्थानीयले आगो नियन्त्रणमा लिए ।

सोही घटनालाई लिएर प्रदेश ४ को संसदमा सांसदहरुले दमकल जस्तो सम्बेदन सिलक्षेत्रमा काम गर्ने कर्मचारीलाई कार्वाहीका माग राखेका छन् । सोमबर संसदमा बोल्दै सांसद कृष्ण थापा र रामजी प्रसाद बरालले कार्वाहीको माग राखेका हुन् ।

कमेन्टहरु
Loading...