साइकल सिटी पोखराको अध्यक्षमा कोइराला

पोखरा, २८ भदौ / साइकल सिटी पोखरको आठौं साधारण सभा तथा चौथो अधिवेशनबाट महेन्द्रराज कोइरालाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

पोखरामा शुक्रबार साँझ सम्पन्न अबिधेशनकाट समितिको उपाध्यक्षमा अभिषेक कोइराला, सचिवमा करुणा ढकाल, सहसचिवमा कपील सिग्देल र कोषाध्यक्षमा जय गुरुङ चयन भएका हुन् ।
यसै गरि समितिका सदस्यमा नवराज थापा, राजन गोंगजु, कमल नेपाली, रक्से लामा र टोक्केल शेर्पा चयन भएको निर्वाचन अधिकृत प्रकाश बरालले जानकारी दिए ।

यस अघि साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले साइकले सिटी पोखराले साइकल पर्यटनको माध्यमबाट पर्यटन प्रवद्धन र वातावरण संरक्षणमा महत्वपूर्ण भूमीका खोल्दै आएको बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै साइकल पर्यटन विकास र सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम अघि बढाउन नयाँ कार्यसमितिलाई उनले सुझाए ।

२०६९ पुस १७ मा स्थापना भएको यस संस्थाले पर्यटन विकास र प्रवद्धनकालागि पोखरा राराताल, मुक्तिनाथ, लुम्बीनी, हेटौडा, सौराहा लगायतका क्षेत्रमा पुगेर पर्यटन प्रवद्धनका कार्यक्रम गरेको बज्राचार्यले जानकारी दिए । स्वास्थ्य, वातावरण र पर्यटनकालागि साइकल भन्ने नाराका साथ यस्ता कार्यक्रम आयोजना गरिएको उनले बताए ।

साइकल सिटी पोखराको पहलमा पोखरा महानगरपालिकाको १४ स्थानमा २१ वटा साइकल स्ट्यण्ड निर्माण भइसकेको नवनिर्वाचित अध्यक्ष कोइरालाले जानकारी दिए । नेपाल सरकार पर्यटन कार्यालय पोखराको सहयोगमा साइकल स्ट्याण्ड निर्माण भएको हो ।

पोखरामा पछिल्लो समयमा साइकल प्रति आकर्षण बढ्दै गएको छ । पोखरामा दैनिक १५ सय देखि २ हजारको हाराहारीमा दैनिक साइकल चलाइने बताइएको छ ।

कमेन्टहरु
Loading...