छाडा चौपाय नियन्त्रण गर्न पोखरामा घर घरका गाईलाई ट्यागिङ

पोखरा, २० फागुन /पोखरा लेखनाथ महानगरपालिकाले सडकमा छाडिने गाई र बाच्छा बाच्छी नियन्त्रण गर्ने घरमा पालेका गाईलाई ट्यागिङ गर्ने भएको छ । महानगरका मयेर मानबहादुर जिसीले आइतबार पत्रकार सम्मेलन गरि घरमा पालिएका गाई, बाच्छा बाच्छीलाई ट्यागिङ गर्ने बताए । उनले बाच्छा र उमेर पुगेका गाई सडकमा छाड्ने गरेको बताए ।

त्यसका नियन्त्रणका लागि नयाँ थप गरिएका गाई र जन्मदै गरेका बाच्छा बाच्छी हरेक दुई दुई महिनामा अभिलेखीकरण गर्न, विक्रि भएमा जानकारी दिनु पर्ने छ । ट्यागिङबाट कसैले सडकमा गाई छाडे नगरपालिकाले १० हजार देखि १ लाख ५० हजार सम्म जरिवाना गर्ने मेयर जिसीले बताए ।

छाडा चौपाय नियन्त्रण गर्न पोखरामा घर घरका गाईलाई ट्यागिङ
छाडा चौपाय नियन्त्रण गर्न पोखरामा घर घरका गाईलाई ट्यागिङ

पशुहरुलाई नियमित ट्यागिङ गर्ने वनरसिप कार्ड प्रमाणिकरण सहित दिने र लगत लिने, बिक्री गर्नुपरेमा सम्बन्धीत पशुधनीले विक्री गरेको कृषक वा व्यवसायीक फार्मको भरपाई, नागरिकताको प्रतिलिपी र सम्पर्क नम्बर सहित लिई विक्री वितरण गर्न पर्ने व्यावस्था नगरपालिकाले गर्न लागेको उनको भनाई छ ।

पोखरा वडा नम्बर १७ बाट १ ट्यागिङ तथा अभिलेखीकरण सुरुगर्ने उनले जानकारी दिए । यो वडामा फागुन २५ गतेदेखि चैत १५ भित्रमा सम्पन्न गर्ने महानगरको लक्ष्य छ ।

कमेन्टहरु
Loading...