गण्डकी प्रदेशमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको सख्या ५६ पुग्यो

पोखरा, २३ जेठ/ गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको ऋषिङ गाउँपालिका घर भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको हो ।

३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

उनीहरुलाई तनहुँ कै अस्पतालमा आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको उनले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।

कमेन्टहरु
Loading...