पोखरामा कारोनाबाट मृत्यु शव व्यवस्थापन गर्दा स्थानिय र प्रहरी बिच झडप

पोखरा, ११ असार / कोरोना भाईरसको संक्रमणबाट बुधबार राति पोखरामा निधन भएका स्याङजाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापनमा पोखरा महानगरपालिका ३२ का स्थायिनले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा प्रहरी र स्थानिय बिच झडप भएको छ । मृत व्यक्तिको शव गाडन नदिन भन्दै पोखरा महानगरपालिका वडा नम्बर ३२ का स्थानियले सडकमा अवरोध गर्दै टायर बालेर विरोध गरे ।

कोरोनाका कारण पोखरामा मृत्यू भएको व्यक्तिको शव वडाको तल्लो गगनगौंडा क्षेत्रमा पर्ने लामतरा स्थित सेती नदि किनाराको उपल्लो भागमा शव गाड्नका लागि जेसिभि लगेर खाल्डो खन्दै गर्दा स्थानियले थाहा पाएपछि स्थानीयहरु विरोधमा उत्रिएका थिए ।

कोरोनाबाट मृत्यु भएकाको शव आफ्नो क्षेत्रमा ल्याउदा कोरोना गर्ने भन्दै विरोधमा उत्रिएको स्थानीयले बताए । झडपकै बिचमा शवको व्यवस्थापन भएको छ । यस अगाडी पनि पोखरा ११ मा व्यवस्थापन गर्दा झडप भएको थियो ।

कमेन्टहरु
Loading...