तनहुँमा पहिलो कोरोना संक्रमित

पोखरा, १८ जेठ / तनहुँमा पहिलो कोरोना संक्रमित फेला परेको छ । तनहुँको ऋषिङ गाउँपालिका ठेगाना भै सोहि गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका २८ बर्षिय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनलाई जिल्ला अस्पतालमा राख्ने तयारी भएको गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा आइतबार तनहुँका एक सहित ३ जनामा कोरोना संक्रमण देखीएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका ठेगाना भै सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २७ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरुलाई जिल्ला अस्पताल लैजाने तयारी भैरहेको उनले जानकारी दिए । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

जस मध्ये ३ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशका बाग्लुङ्ग ८ जना, स्याङ्गजा ७ जना, नवलपुरमा ६ जना, म्याग्दी, तनहुँ र लमजुङ्गमा एक एक जनामा संक्रमण देखिएको हो ।

कमेन्टहरु
Loading...