पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा कोरोना परीक्षण सगँ हुदाँ अन्य विरामी त्रसित

पोखरा, १३ जेठ / पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल हो । अस्पतालमा बिरामी र बिरामीका आफन्तहरु बाक्लो उपस्थिती हुन्छ । विरामी र उनका आफ्न्तहरु अस्पताल आउदा भने त्रसित हुने गरेका छन् ।

गण्डकी अस्पताललाई कोरोना अस्पताल बनाएर कोरोना चेकजाँचका लागि आडिटि, पिसिआर परीक्षणका लागि रगत र स्वाब यही लिने गर्दा ओपिडिका लागि आउने विरामी र उनका आफ्न्तहरु त्रसिने गरेका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा २ हजार ४४ जनाको कोभिड–१९ (कोरोना भाइरस) स्वाबको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएको मध्ये २ हजार ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । दुई जनाको पोजेटिभ आए पछि उनीहरु निको भएर घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण देखी पनि दुई जनाको चितवनमा र १ जनाको काठमाडौंमा परीक्षण भएको हो ।

नमूना संकलन र परीक्षण गर्ने कर्मचारी प्रतिष्ठिानको ल्याबमा दश जनाको जनशक्ति छ । दशजनाको जनशक्तिले चैतको पहिलो सातादेखि नै परीक्षण शुरु गरेको थियो । नमूना संकलनमा ५ जना र टेष्ट गर्ने ५ जना सहित २२ जना छन् । तिनै जनशक्ति पोखरा महानरपालिकाको ३३ वटै वडा र चारवटै गाउपालिका समेत नमूना संकलनको लागि पुग्ने गरेका छन् । पोखराको प्रयोगशालाले दैनिक २० देखि ५० जनाको आरडिटि र पिसिआर लिएर परीक्षण गर्दै आएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लाबाटै संकलन गरिएको नमूना परीक्षण हुदै आएको छ । आरडिटी र पिसिआरको नमूना संकलन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा ल्याब भन्दा बाहिर संकलन गरिदैं आएको छ । संकलिन नमूनालाई ल्याबमा टेष्टिङको लागि पठाईन्छ । टेष्ट गर्न ५ जना प्राविधिक छन् ।

केन्द्रबाट आएको जेनेटिक साईटिष्ट श्रीराम बास्तोला सहितको टोली परीक्षण गर्ने गरेको छ । नियमित रुपमा संकलन र टेष्ट गर्दा कर्मचारीमा धपेडी बढे समेत बढेको उनीहरु बताउ छन् । कन्सल्ट्यान प्याथालोजी डाक्टर मोनी सुवेदीले डर हुने भएपनि आफुहरु आफुहरु दिन रात नभनी काममा खटिने गरेको बताइन् । हामीले सुरक्षा सावधानी अपनाएका हुन्छौं । पीपिई लगाउछौं । ग्लोब्स लगाउँछौं । त्यसैले आज भोली भने डर विस्तारै हराउदै गएको बताइन् ।

अस्पतालमा बिहान १० बजेदेखि २ बजेसम्मको समयमा स्वाब संकलन र परीक्षणको काम भइरहेको छ । स्वाब संकलन र परीक्षणसँगै बिहान १० बजेदेखि २ बजेसम्म ज्वरो आएकाहरुको जाँच पनि हुन्छ । ज्वरो परीक्षणपछि आवश्यकता अनुसार आरडिटि र पिसिआर परीक्षणका लागि आउने गर्दछन् । त्यो आधारमा १ बजेदेखि स्वाब संकलन हुने गरेको सुबेदीले बताइन् । संक्रमण र अन्य विरामी एउटै अस्पतालमा हुदाँ अन्य उपचारका लागि आउने विरामीलाई सर्ने खतरा बढेको छ ।

कमेन्टहरु
Loading...