पोखरामा १० सहित गण्डकी प्रदेशमा बुधबार थप १६ जनामा कोरोना संक्रमण

पोखरा, २४ असार / पोखरा महानगर पालिकामा १० सहित गण्डकी प्रदेशमा बुधबार थप १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

कास्कीमा मात्रै १३ जना, बागलुङ, तनहुँ र म्याग्दीमा १ /१ जनामा गरी १६ जनामा कोरोना संक्रमण देखीएको हो ।

कास्कीका पोखरा महानगरपालिका १० जना पुरुष र मादी गाउँ पालिकाका २ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद बिन्दु शर्माले जानकारी दिए । उनीहरु २५ देखी ५१ वर्ष उमेर समुहका छन् ।

उनीहरु सबैलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको शर्माले जानकारी दिए । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११ सय २९ पुगेको छ । यी मध्ये ३५३ जना निको भएर घर फर्किएका छन् भने अहिले सम्म ४ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...