बागलुङकी कोरोना संक्रमित महिलाको नतिजा नेगेटिभ

पोखरा, ४ वैशाख / बागलुङको धौलागिरी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको तेस्रो पटक परीक्षण गर्दा नेगेटिभ आएको छ ।

बागलुङकी ६५ वर्षीया महिलाको परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

यसअघि गरिएको दोस्रो परीक्षणमा यी महिलाको नतिजा पोजेटिभ आएको थियो । अर्की १९ युवतीको चौथो परीक्षणमा पनि पोजेटिभ आएको छ ।

संक्रमितको नतिजा नेगेटिभ आए फेरि २४ घण्टा भित्र अर्को नतिजा नेगेटिभ आए पछि मात्रै विरामीलाई डिस्चार्ज गर्न सकिने उनले बताए ।

उनीहरू दुबैजना बेल्जियमबाट चैत ४ गते कतारको दोहा हुँदै आएका थिए । युवतीमा पहिले कोरोना संक्रमण देखिएपछि उनीसँगै आएकी महिलामा पनि पछि संक्रमण देखिएको हो ।

कमेन्टहरु
Loading...