गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुग्यो, कास्कीमा ३०

पोखरा, १० असार / गण्डकी प्रदेशमा बुधबार बिहान ३२ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप भएका नयाँ ३२ जनामा संक्रमित पुष्टि भएको हो ।

बुधबार बागलुङ ९ जना, स्याङजामा ७ जना, कास्की र लमजुङमा ५/५ जना, नवलपुरमा ३ जना, तनहुँ, गोरखा र पर्वतमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

लमजुङको मध्ये नेपाल नगरपालिकाका ४ जना पुरुष र बेशिशहर नगरपालिकाका १ महिलामा कोरोना देखिएको हो । उनीहरु २१ देखी ३७ बर्ष उमेर समुहका छन् ।

त्यसै गरी स्याङजाको अजुनचौपारी गाउँपालिकाका १२ बर्षिय बालक, आँधीखोला गाउँपालिका एक, वालिङ नगरपालिकाका ३ पुरुष र ३० महिने बालिका एक जना र २४ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको शर्माले बताए ।

कास्कीको पोखरा महानगरपालिकामा एक जना पुरुष र दुई जना महिला, मादी गाउँपालिकाका १ पुरुष र १ महिला रहेका छन् । उनीहरु २३ देखी ४१ बर्ष उमेर समुहका छन् ।

कास्कीमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । बागलुङ बरेङ गाउँपालिका ८ जना, जैमिनी गाउँपालिका १ जना पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरु २० देखी ६० बर्ष उमेर समुहका छन् ।

त्यसै गरि गोरखाको गण्डकी गाउँपालिका १ पुरुष, नवलपुरको गैडाकोट नगरपालिकाका ३ जना महिला, तनहुँको देवघाट गाउँपालिकाका १ पुरुषमो कोरोना पुष्टि भएको शर्माले जानकारी दिए ।

उनीहरुलाई सम्बन्धीत जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । पोखरा थपिएका कुबेतबाट र भारतबाट आएकाहरु हुन् ।

गण्डकी प्रदेशमा अहिले सम्म ९१ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...