कोरोना रोकथाम कोषमा एकताको सहयोग

कोरोना रोकथाम कोषमा एकताको सहयोग
0 273

पोखरा, १६ चैत/ पोखरा १४ चाउथेमा रहेको एकता बचत तथा ऋण सहकारी संस्थाले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ ।

सहकारीले उक्त कोषमा १ लाख १ हजार १ सय ११ रुपैंयाँ सहयोग गरेको हो । आइतबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङलाई सहकारीका अध्यक्ष बालकृष्ण काउछा मगर, उपाध्या नवराज सुवेदी, सचिव सुदर्शन पौडेलले चेक हस्तान्तरण गरेका हुन् ।

कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा सहकारीले सहयोग गरेको मुख्य मन्त्री गुरुङले धन्यवाद व्यक्त गर्दै कोरोनासँग जुध्न सबै एकजुट हुनुपर्ने बताए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...