गण्डकी प्रदेशबाट कोरोना (कोभिड–१९) को एकै दिन ७० जना स्वाब परीक्षण

पोखरा, २६ चैत / गण्डकी प्रदेशबाट कोरोना भाइरस (कोभिड–१९) को एकै दिन ७० जनाको परीक्षण गरेको छ । मंगलबार ७० जनाको नमुना संकलन गरेर परीक्षण गरेको हो । यो सगँ गण्डकी प्रदेशमा अहिले सम्म १ सय ८० वटा नमुना संकलन गरेर परीक्षण गरीएको छ ।

परीक्षण गरेका मध्ये ४८ वटाको रिर्पोट आउन बाँकी छ । जसमा १ सय ३० जनाको नेगेटिभ, २ को पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबै भन्दा बढि कास्कीमा ८४ जनाको नुमना संकलन गरी परीक्षण गरेको छ । मनाङ, मुस्ताङ र नवलपुरमा अहिले सम्म कुनै संकास्पद नभेटिए पछि नमुना संकलन गर्न नपरेको शर्माले बताए ।

अहिले सम्म बागलुङका १८ जना, स्याङजाका ३० जना, पर्वत ३२, लम्जुङका ११ जना, गोरखा २ म्याग्दीका ३, तनहुँमा १ जनाको स्वाब परीक्षणका गरिएको छ । पोजेटिभ दुई जना नै बागलुङका रहेका छन् । उनीहरुको धौलागिरी अञ्चल अस्पतालको आइसोलेजनमा उपचार भईरहेको छ ।

उनीहरु बेल्जियमबाट ४ चैतमा कतारको दोहा हुँदै काठमाडौं पोखरा हुदै बागलुङ पुगेका थिए । कतार एयरको त्यही फ्लाइटमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीहरुको पनि नमुना परीक्षण गरिएको थियो, जसमा पोजेटिभ रिपोर्ट आएको थियो ।

कमेन्टहरु
Loading...