गण्डकीमा १० जनाको कोरोना परीक्षण, ९ जनाको नेगेटिभ रिपोर्ट

पोखरा, ९ चैत/ गण्डकी प्रदेशमा कोरोना भाइरसको आशंकामा लिईएको १० वटा परीक्षणमध्ये ९ जनाको नेगेटिभ आएको छ भने १ वटा रिपोर्ट आउने क्रममा छ ।

म्याग्दी, मनिपाल शिक्षण अस्पताल, फिस्टेल अस्पताल, सिभिक अस्पताल, लायन्स सामुदायिक अस्पताल, रिजनल अस्पताल पोखरामा संकलन गरेको नेगेटिभ आएको हो ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालबाट आइतबार नमुना संकलनको रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद बिन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले कोरोना विरुद्धको तयारी तीब्र पारेको उनले बताए । नियमित जसो अनुगमन र समन्वयमा काम गरिरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कमेन्टहरु
Loading...