कोरोना संक्रमित बागलुङकी युवतीको परिवारका सदस्य र साथीहरुको नमुना संकलन

कोरोना परीक्षण
0 369

पोखरा, १७ चैत / बागलुङ नगरपालिका ४ कुँडुलेकी कोरोना भाइरस (कोभिड १९) संक्रमित युवतीको परिवारका सदस्य र उनका साथीहरुको स्वाब लिइएको छ ।

धौलागिरि अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको टोलीले सोमबार दिउँसो संक्रमितको परिवारका सात सदस्य र अन्य साथीहरुको गरि १३ जनाको स्वाब संकलन गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।

संक्रमितका हजुर बुवा, हजुरआमा, बाबु, वहिनी, भान्जा र भान्जी, साथी र उनी सगँ बढि भेट भएका व्यक्तिको स्वाब लिइएको उनले बताए । उनीहरुको संकलन गरेको स्वाबलाई पोखरा ल्याएर काठमाडौ परीक्षणका लागि पठाउने उनले बताए । पोखरामा संकलन भएको ११ जनाको र बागलुङबाट आएको १३ जनाको पठाउने बताए ।

दुई महिना अघि बेल्जियम पुगेकी उनी ४ चैतमा कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । कतार एयरको त्यही फ्लाइटमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनको पनि नमुना परीक्षण गरिएको थियो, जसमा पोजेटिभ रिपोर्ट आयो ।

त्यसयता संक्रमित युवतीको धौलागिरि अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । परिवारका सदस्यहरु भने होम क्वारेन्टाइनमा छन् ।

गण्डकी प्रदेशमा २० जनाको नेगेटिभ, १ को पोजेटिभ

गण्डकी प्रदेशमा कोरोना भाइरसको आशंकामा लिईएको ३२ वटा परीक्षणका लागि आएका छन् । त्यस मध्ये २१ जनाको रिर्पोट आइसको छ ।

त्यस मध्ये २० जनाको नेगेटिभ आएको छ भने १ वटाको पोजेटिभ रिपोर्ट आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए । पोजेटिभ बागलुङकी एक युवतीमा देखीएको थियो । उनको बागलुङ कै अस्पतालमा आइसोलेजनमा छन् ।

उनले सोमबार मात्रै ९ जनाको स्वाब परीक्षणका लागि आएको बताए । उनले कास्कीबाट ७ जना, स्याङजा, तनहुँबाट एक÷एक जनाको स्वाब परीक्षणका लागि आएको बताए ।

सोमबार आएको स्वाबलाई परीक्षणका लागि मंगलबार हेलिकप्टर मार्फत पठाउने बताए । ‘आज गाडीबाट पठाउदा ढिला हुने भयो,’ उनले भने ‘भोली मेसिन लिएर हेलिकप्टर आउदै छ, त्यसैमा पठाउने तयारी गरिएको छ ।’

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पछिल्लो दिनमा नमुना परीक्षण र उपचारका लागि विरामीहरु आउन थालेका छन् ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...