पोखरा आइपुग्यो कोरोना परीक्षण गर्ने मेसिन, आजबाटै कोरोना परीक्षण थालिने

पोखरा आइपुग्यो कोरोना परीक्षण गर्ने मेसिन, आजबाटै कोरोना परीक्षण थालिने
0 1,095

सागर राज तिमिल्सिना
पोखरा, १८ चैत / गण्डकी प्रदेशको राजधानी पोखराबाट अब कोरोनाको परीक्षण हुने भएको छ । कोरोना भाइरसको परीक्षण गर्ने पिसिआर मेसिन सहितका सामग्री पोखरा पुगे र जडान गरे पछि परीक्षण सम्भव भएको हो ।

पिसिआर मेसिन मंगलबार बिहान हेलिकप्टर मार्फत पोखरा पु¥याएर जडान गरिएको हो । यसअघि संघीय सरकारले ४ वटा प्रदेशलाई चीनबाट आएको पीसीआर मेसिन दिँदा गण्डकीमा दिइएको थिएन । त्यसपछि चौतर्फी विरोध भएको थियो ।

मेसिन सहित आवश्यक सबै कीट र विज्ञ टोलि हेलिकप्टर मार्फत बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा आइपुगेको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जडान गर्ने काम सकिएपछि सम्भवत आजैबाट परीक्षण थालिने विज्ञका रुपमा काठमाडौंबाट आएका प्राविधिक बलराम गौतमले जानकारी दिए ।

मंगलबार ल्याइएको पिसिआर मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा राखिएको छ । गौतमले मेसिन सेटअप गरेर आज नै स्याम्पल टेस्ट गर्ने बताए । उनले पोखराका प्राविधिकलाई तालिम दिने बताए ।

गौतमले उनले मेसिनबाट एक घण्टामा एउटा टेस्ट गर्न सकिने र दैनिक १५ वटासम्म परीक्षण गर्न सकिने बताए ।

गण्डकी प्रदेशस्तरीय समन्वय समितिका संयोजक तथा प्रदेशका अर्थमन्त्री किरण गुरुङले मेसिन पोखरा आएपछि सकारात्मक सन्देश प्रवाह भएको बताएका छन् । उनले प्रदेशभरि यसले पोजिटिभ सन्देश दिने बताए ।

गण्डकी प्रदेशमा कोरोना परीक्षणका लागि २ जनाको टोली खटाइएको छ । ल्याबका लागि आवश्यक सामग्री भने सोमबार नै पोखरा ल्याइएको छ । मेशिनको साथमा आवश्यक किट, केमिकल, मास्क, पिपिई लगाएतका सामग्री पोखरा पुगेको छ ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...