¥यापिड टेष्टमा कोरोना आशंका गरिएकी महिलाको पोखरामा नेगेटिभ

पोखरा, १ वैशाख / बागलुङमा आइतबार ¥यापिड टेष्ट गर्ने क्रममा कोभिड –१९ संक्रमण देखिएको शंका गरीएकी महिलाको पोखरामा नतिजा नेगेटिभ आएको छ ।

पोखराको प्रयोगशालामा पिसिआर मेसिनबाट स्वाब परीक्षण गर्दा नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

भारतको तीर्थयात्रा गएर फर्किएकी बागलुङ जिल्लाको काठेखोला गाउँपालिका की एक महिलामा ¥यापिड टेष्ट गर्दा कोरोनाको शंका गरिएको थियो । उनलाई छुटै राखीको थियो ।

शर्माले ¥यापिड टेष्टबाट गण्डकी प्रदेशमा सोमबार ४ सय जनाको परीक्षण भएको बताए । अहिले सम्म १७ सय भन्दा बढिको परीक्षण गरेको छ ।

कमेन्टहरु
Loading...