पोखराका युवाले बनाए कोरोनाको स्वाब जाँच्ने टेष्ट बुथ (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, २७ चैत / कोरोना भाइरसको जाचँका लागि पिपिइको अभाव बेला बेलामा खड्किएका बेला पोखराका युवाहरुले अस्पतालमा आएका विरामीको थ्रोट स्वाब लिन कोरोना बुथ बनाएका छन् । पोखरा युनिभर्सिटी नेपाल ईनोभेशन टेक्नोलोजी एण्ड एन्टरपेनर्सिप सेन्टरले यस्तो बुथ बनाएका हुन् ।

कोरियामा बनाएको कोरोनाको स्वाब जाँच्ने बुथलाई नै हेरेर आफुहरुले बनाएको पोखरा युनिभर्सिटी नेपाल ईनोभेशन टेक्नोलोजी एण्ड एन्टरपेनर्सिप सेन्टर कार्यक्रम प्रबन्धक रवि भण्डारीले बताए । उनले कोरोना भाइरसको विरामीको लागि स्वाब परीक्षण गर्न चिकित्सकको लागि पीपीई बुथ बनाएको बताए ।

यो बुथ एयर पुप्फ रहेको छ । यसको निमार्ण राम्रो गुणस्तरको युपिभिसि प्रयोग गरि निमार्ण गरेको हो । सरल तरीकाबाट पिपिई नलगाई पनि स्वास्थ्यकर्मीले बिरामीको चेकजाँच गर्न यो बुथबाट सक्ने छन् । इनोभेशन टेक्नोलोजी एण्ड एन्टरपे्रनरसिप सेन्टरले कोरोनाका लागि केहि गर्ने उद्देश्यले पोखरा प्रस्याङमा रहेको युपीभिसी सगँको सहकार्यमा बुथ निमार्ण गरेका हुन् ।

आपतको बेला जे जति सामग्री भेटिए त्यसै अनुसार नै निर्माण गरेको पोखरा युपीभिसीका सञ्चालक जयन्द्र भट्टराईले बताए ।  करिब ८० हजार लागतमा निर्माण भएको बुथ निर्माण भएको हो । यो बुथलाई गण्डकी प्रदेश मार्फत पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा प्रदान गरिने बुथ निर्माणका सहयोगि तथा औषधि व्यवसायी सन्तोष पराजुलीले बताए ।

बुथ भित्र रहेका स्वास्थ्यकर्मिले बिरामी सगँ कुराकानी गर्न छुटै व्यवस्था गरिएको छ भने स्वास्थ्यकर्मि स्वास फेर्न भेन्टिलेरको व्यवस्था गरेको छ । पीपीइ भन्दा पनि सुरक्षित मानिने बुथको समस्या भनेको कोरोना भाइरस पोजिटिभ भएको मान्छे आएर टेस्ट गर्यो भने बुथलाइ नै इन्फेक्सन गर्ने भन्ने हो । तर त्यसको लागि स्प्रे प्रयोग गर्ने व्यवस्था गरेको उनीहरुको भनाई छ । ८.५ फिट उचाइ रहेको रहेको छ ।

कमेन्टहरु
Loading...