गण्डकी प्रदेशमा १३ सय ८२ जनामा र्¥यापिड टेस्ट’

पोखरा, १ वैशाख / गण्डकीका विभिन्न १० जिल्लामा तीन दिनमा करीब १४ सयको ¥यापिड डायग्नोस्टिक टेस्ट किटबाट परीक्षण गरेको छ । गण्डकी प्रदेशमा १ हजार ३ सय ८२ जनाको परीक्षण गरेको प्रदेश स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

संघीय सरकारले पठाएको ५ हजार किट मार्फत गण्डकी प्रदेशका जिल्लाहरुमा कोरोना परीक्षणको भइरहेको उनले बताए । गण्डकीका मनाङ जिल्ला बाहेका सबै जिल्लामा परीक्षण भएको छ ।

गण्डकी प्रदेशमा सबै भन्दा बढि ६ सय ७५ जनाको परीक्षण गरीएको छ । परीक्षण भएका सबैको नतिजा ‘नेगेटिभ’ आएको उनले बताए ।

चैतभित्र विदेशबाट आएका उनीहरुका नजिक रहेमा संक्रमण भए नभएको पत्ता लगाउन तिव्र परीक्षणको लागि किटको प्रयोग गरिएको हो ।

गण्डकीमा अहिलेसम्म देखिएका २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु दुबै बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा छन् ।

कमेन्टहरु
Loading...