¥यापिड टेष्टमा कास्की, बागलुङ र गोरखामा एक/एक जना कोरोना पोजेटिभ

सागर राज तिमिल्सिना

पोखरा, ३ वैशाख/ गण्डकी प्रदेशमा मंगलबार ¥यापिड टेष्टका क्रममा तीन जनामा कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ । कास्की, बागलुङ र गोरखाका एक/एक जनामा ¥यापिड टेष्टमा पोजेटिभ देखिए पछि उनीहरुको पिसिआर प्रविधिबाट परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

स्वाबको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा परीक्षण हुने गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयका सुचना अधिकारी डा बुद्धि प्रसाद पौडेलले जानकारी दिए । उनीहरु तीनै जनालाई सुरक्षीत राखिएको छ ।

गण्डकी प्रदेशका १० जिल्लामा विदेशबाट आएकाहरुको ¥यापिड टेष्ट भईरहेको छ । मंलबार सम्म २ हजार ४ सय १३ जनाको परीक्षण गरिएकोमा ४ सय १० जनामा नेगेटिभ देखिएको उनले बताए ।
संघीय सरकारले पठाएको ५ हजार किट मार्फत गण्डकी प्रदेशका जिल्लाहरुमा कोरोना परीक्षणको भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकीका मनाङ जिल्ला बाहेका सबै जिल्लामा परीक्षण भएको छ । चैतभित्र विदेशबाट आएका उनीहरुका नजिक रहेमा संक्रमण भए नभएको पत्ता लगाउन तिव्र परीक्षणको लागि किटको प्रयोग गरिएको हो ।

गण्डकीमा अहिलेसम्म देखिएका २ जना कोरोना संक्रमण देखिए पछि उपचार भइरहेको छ । उनीहरु दुबै बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा छन् ।

कमेन्टहरु
Loading...