पोखराका दुई अस्पतालमा उपचारपछि, ३ दिनअघि काठमाडौंमा गएका थिए कोरोना संक्रमित

पोखरा, २३ जेठ / शुक्रबार काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ६० वर्षे पुरुष पोखराका दुई अस्पतालमा उपचार पछि काठमाडौं गएको खुलेको छ ।

तीन दिन अघि पोखराबाट काठमाडौं हेलिकप्टरबाट उपचारका लागि लगिएको खुलेको हो । काठमाण्डौको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो हो ।

पोखरा ८ मा बस्दै आएका उनी मंगलबार बेहोस अवस्थामा भेटिए पछि पोखराको मेट्रो सिटि अस्पतालमा उपचारका लागि पु¥याएका थिए । मेट्रो सिटि अस्पतालमा चेकजाँच गरेपछि अस्पतालले गण्डकी मेडिकल कलेजमा रिफर गरेको थियो ।

उनका आफ्न्त काठमाडौंमा भएका पछि उनलाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो । उनलाई काठमाडौंमा लगरे स्वाब परीक्षण गर्दा पोजेटिभ देखी पछि पोखरामा पनि उनी सगँ भेट भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु भएको छ ।

उनी बिरामी अवस्थामा भेटिएदेखि काठमाडौं पु¥याउने बेलासम्म धेरै जनाको सम्पर्कमा आएका थिए । अहिलेसम्म कोरोना संक्रमित नभेटिएको कास्कीमा यो घटनाले कास्कीमा खतराको घन्टी बजेको छ ।

उनको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस व्रिफिङमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...