बागलुङ उपचाररत अंशुको तेस्रो रिपोर्ट पनि ’पोजेटिभ’

पोखरा, २ वैशाख / कोरोना संक्रमण देखिएपछि बागलुङमा उपचाररत दुबै जनाको अर्को परीक्षण पनि कोरोना पोजेटिभ आएको छ । बागलुङकी १९ वर्षीया अंशु सापकोटाको तेस्रो परीक्षण र अर्कि महिलाको दोस्रो परीक्षणमा पनि कोभिड १९ पोजेटिभ देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रयोगशाला र काठमाडौंमा भएको परीक्षणमा पोजेटिभ देखिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

उनले पहिलो पोखरामा टेष्ट गरेको र पोजेटिभ देखिए पछि काठमाडौं पठाएर टेष्ट गर्दा पनि पोजेटिभ नै देखिएको बताए ।

अंशु चैत १५ गतेदेखि बागलुङको धवलागिरी अञ्चल अस्पतालमा उपचाररत छिन् । ४ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल झरेर बागलुङ पुगेकी अंशुसँगै आएकी ६५ वर्षीया वृद्धाको पनि दोस्रो परीक्षण गर्दा पोजेटिभ आएको छ ।

उनीहरुको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीकोका स्वास्थ्य सामान्य रहेको शर्माले बताए ।

कमेन्टहरु
Loading...