पोखरामा चितुवाको छाला सहित ३ जना पक्राउ

पोखरा, १८ साउन /पोखराबाट प्रहरी र वन कार्यालयका कर्मचारीले चितुवाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो गण्डकी प्रदेश प्रहरी कार्यालय क्षेत्रीय अनुसन्धान समुह र जिल्ला वन कार्यालय कास्कीको टोलीले साउन १६ गते पोखरा ७ बाट ३ जनालाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ७ स्थित अन्नपूर्ण मार्गको एक घरमा लुकाइ राखिएकोे चितुवाको २ थान छाला सहित ३ जनालाई पक्राउ गरेका हो । पक्राउ पर्नेमा बाग्लुङ्ग तमाङ्ग खोला गाउँ पालिका वडा नम्बर ५ खुंखानी बस्ने वर्ष २३ बर्षिय ज्ञानेन्द्र सेन्चुरी, वडा नम्बर ७ बस्ने २३ बर्षिय देवेन्द्र रसाइली र वडा नम्बर ६ बस्ने २५ बर्षिय झलक छन्त्याल रहेका छन् ।

चितुवाको छाला विक्रीका लागि व्यापारी खोजि रहेको भन्ने सुचनाको आधारमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले पिछा गर्दै पोखराको स्थानमा क्षेत्रीय अनुसन्धान समुह र जिल्ला वन कार्यालय कास्की समेतले पक्राउ गरेको हो ।

उनीहरुलाई चितुवाका छाला समेत आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय कास्कीमा बुझाइएको छ । जिल्ला वन कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको र निजहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ वमोजिम कारवाही गरिने जिल्ला वनअधिकृत केदार बरालले बताए ।

कमेन्टहरु
Loading...