पोखराको लेकसाइडमा छुरा प्रहार गर्ने पक्राउ

पोखरा, १९ चैत्र /पोखराको लेकसाइडमा १६ गते राती साढे १० बजे छुरा प्रहार गरे फरार रहेकालाई प्रहरीले पक्राउ गरेको छ ।

लेकसाइडको त्रिसरा रेष्टुरेण्ट नजिक बाटोमा तनहूँ घर भई हाल पोखरा बस्ने बर्ष २० का शिसिर श्रेष्ठलाई चक्कु प्रहार गरी फरार भएका ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा ११ बस्ने रेजिन राना, पोखरा ९ बस्ने कुमार बिक, ८ बस्ने सुदिप गुरुङ, ९ बस्ने फर्सा मगर, ६ बस्ने प्रज्वल गुरुङ, धने लामिछाने, किसान गुरुङ र ११ बस्ने आशिष गुरुङलाई पक्राउ गरेको हो । उनीहरुलाई चक्कु सहित पक्राउ गरी आबश्यक कार्वाहीको कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमुद्धामा म्याद थप गरी अनुसन्धान गरी रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...