अन्य क्षेत्रको तुलनामा पश्चिमाञ्चलमा चुनाबी सुरक्षा चुनौती कम

गोकुल बानियाँ /पोखरा २ कार्तिक । पश्चिमाञ्चल क्षेत्रमा अन्य क्षेत्रको तुलनामा सुरक्षा चुनौति कम रहेकोे दाबि गरिएको छ । मंसिर ४ गतेको संबिधानसभा निर्बाचनलाई लक्षित गरी पोखरामा सम्पन्न क्षेत्रिय सुरक्षा सम्मेलनले अन्य ४ क्षेत्रको तुलनामा सुरक्षाको दृष्टीले रणनितिक कौशलता र बढी सजकता अपनाआएको क्षेत्र पश्चिमाञ्चल रहेको निश्कर्ष निकालेको हो । सम्मेलनमा सहभागि कास्कीका प्रमुख जिल्ला अधिकारी यादब प्रसाद कोईरालाका अनुसार तराईका ३ जिल्ला र केहि पहाडि जिल्लामा सुरक्षा चुनौति बढी देखिएपनि समग्र देशको सुरक्षा चुनौति समिक्षा गर्दा पश्चिमाञ्चलका कम पाईएको हो । निर्बाचन सुरक्षाको लागि तयार पारिएको एकिकृत सुरक्षा योजना अन्तर्गत सुरक्षा प्रदान गर्न यस क्षेत्रका संबद्ध निकाय सक्षम रहेको कोईरालाले बताए ।
भेलामा पश्चिमाञ्चलका १६ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र क्षेत्रिय प्रमुखले आ–आफ्नो जिल्ला र क्षेत्रको सुरक्षा अबस्थाबारे जानकारी गराएका थिए । संबिधानसभा निर्बाचन सुरक्षाको लागि गृहको निर्देशन अनुसार तयार भएका क्षेत्र र जिल्ला स्तरको एकिकृत चुनाबी सुरक्षा योजनाको बारेमा सम्मेलनमा समिक्षा भएको कोईरालाले बताए ।
भेलामा गृहमन्त्री माधब प्रसाद घिमिरे सहित नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख लगायतको सहभागिता थियो । गृहले ६ महिना लगाएर तयार पारेको एकिकृत सुरक्षा आयोजनाका बारेमा पश्चिमाञ्चलका सुरक्षा प्रमुखलाई जानकारी गराउने उद्देश्यले भेलाको आयोजना गरेको हो । जिल्ला र क्षेत्रको निर्बाचन सुरक्षाको जानकारी लिन गृह मन्त्रालयले यसअघि चार ओटा क्षेत्रिय सुरक्षा भेला सम्पन्न गरिसकेको छ ।
यसैबिच कास्कीका शहरी र ग्रामिण क्षेत्रको चुनौतिको आधारमा जिल्ला स्तरिय एकिकृत चुनाबी सुरक्षा योजना तयार पारिएको छ । यसअघि सुरक्षा निकायको पहुच पुग्न नसकेका र प्रहरी इकाई नरहेका ग्रामिण क्षेत्रलाई बढी संबेदनशिल मानिएको छ । कास्कीका ४३ वटै गाबिस , प्रत्येक मतदान केन्द्र र निर्बाचन क्षेत्रमा पुगेर त्यहाको सुरक्षा चुनौति आकलन गरी योजना तयार पारिएको प्रमुख जिल्ला अधिकारी यादब प्रसाद कोईरालाले बताए ।

कमेन्टहरु
Loading...