चोरीको मोवाइल र ल्यापटप सहित दुई जना पक्राउ, लागुऔषध सहित दुई पक्राउ

पोखरा, २ जेठ/जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले पोखराका विभिन्न स्थानमा भएका चोरीमा संलग्न २ दुईजनालाई पक्राउ गरी सार्वजनीक गरेको छ । पक्राउ पर्नेमा गोरखाको मान्वु घरभई हाल पोखरा लेखनाथ महानगरपलिका ६ बस्ने १९ बर्षिय दिपक घले र उदयपुर घर भई हाल कास्कीको पोखरालेखनाथ महानगरपालिका १३ चिसापानि बस्ने ३१ बर्षिय विन्दा तामाङ रहेका छन् ।

प्रहरीले घलेलाई पोखराको खहरेचोकबाट वैशाख ३१ गते चेकिङका क्रममा शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा चोरी गरी राखेको ल्यापटप १ थान, विभिन्न कम्पनिका ८ थान मोवाईल, चार्जर, विभिन्न मेमोरी कार्ड, पेनड्राईभ, ब्याट्री लगायतका ईलेक्ट्रोनिकस सामानहरु सहित फेला पारेको थियो । त्यस्तै पोखरा कै न्यूरोडबाट विन्दु तामाङलाई समेत चोरी गरेका विभिन्न झोलाहरु सहित जेष्ठ १ गते पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि प्रहरीले लागू औषध ब्राउनसुगर सहित दुई जना पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० ईन्द्रचोकबाट लागू औषध ब्राउन सुगर सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका १० घलेचोक बस्ने ४० बर्षिय जुना नेपाली र वडा नम्बर १५ बस्ने ३० बर्षिय सुवास राना रहेका छन् ।

शंकास्पद अवस्थामा हिडीरहेका उनीहरुलाई नियन्त्रणमा लिई खानतलसी गर्दा नौ पोका खैरो हेरोईन फेला परेको हो । चोरीमा संलग्न र लागुऔषधमा संलग्न चारै जनालाई प्रहरीले बुधबार सार्वजनीक गरेको छ ।

कमेन्टहरु
Loading...