पोखरामा चोरी गरेर भागेको ब्यक्ति डेढ घण्टामा पक्राउ

पोखरा, २१ जेठ/पोखरामा चोरी गरेर भागेको डेढ घन्टामा कास्की प्रहरिले चोरी गर्ने ब्याक्तिलाई पक्राउ गर्न सफल भएको छ ।

सोमबार गैह्रपाटन स्थित पोखरा उद्योग बाणिज्य संघ अन्तर्गतको बालश्रम न्यूनीकरण कार्यक्रमको कार्यालयमा रहेका सामान चोरी गरी भागेको डेढ घन्टामा प्रहरीले चोरी गर्ने ब्याक्तिलाई सामान सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की अन्नपूर्ण गाउँपालिका वडा नं २ घर भइ हाल पोखरा लेखनाथ महानगरपालिका बाग्लुङ बसपार्क बस्ने बर्ष १८ का अनिश श्रेष्ठ रहेका छन् ।

प्रहरीको टोलीले श्रेष्ठकै डेराबाट चोरिएका सामान सहित पक्राउ गरेको हो । श्रेष्ठले चोरी गरेका सामानमा ल्यापटप लेनेभो २ थान, एचपी ल्यापटप २ थान, मोबाइल ३ थान, ल्यापटप चार्जर ३ थान र ३ वटा माउस रहेका छन् ।

हाल पक्राउ परेका श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कास्कीका प्रहरी नायव उपरीक्षक खडक बहादुर खत्रीले बताए ।

कमेन्टहरु
Loading...