अग्निहोत्री वेदगुरु केरादनाथ उपाध्याय तिमिल्सिना अभिनन्दन–ग्रन्थ लोकार्पण

पोखरा, ११ साउन /पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा लेखनाथ महानगरपालिका १८, चिसाखोला आश्रमका संरक्षक अग्निहोत्री वेदगुरु केदारनाथ उपाध्याय तिमिल्सिनाको अभिनन्दन गुरुपुर्णिमाको अवसर पारेर लोकापर्ण भएको छ । पुस्तकको पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गणेश बहादुर गुरुङले लोकापर्ण गरे ।

गुरुङले केदारनाथ उपाध्यायले वैदिक संस्कार संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै विद्याश्रमले राखेको अभिनन्दन समारोह सह्रानीय रहेको बताए । अभिनन्दनग्रन्थको समिक्षा गर्दै प्रा.डा. यम बहादुर थापा क्षेत्रीले अभिनन्दनग्रन्थले नयाँ पिँढीलाई प्रेरणाको स्रोत भएको र यसबाट धेरै पाठ सिक्न सकिने बताए ।

स्वतन्तपत्रकार महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले वैदिक वटुक उत्पादनमा वेदगुरुको महत्वपूर्ण भूमिका रहेको भन्दै गुरुपूर्णिमाको अवसरमा विद्याश्रमले राखेको अभिनन्दन कार्यक्रम सान्दर्भिक रहेको बताए । अभिनन्दनग्रन्थ प्रकाशनका प्रधान सम्पादक अधिवक्ता ज्यो.डा. बलराम उपाध्या रेग्मीले वेदपुरुष व्यक्तिको अभिनन्दनग्रन्थको सम्पादन गर्न पाएकोमा आँफू खुसी भएको बताए ।

विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले ग्रन्थ प्रकाशनमा लेख, रचना दिने तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै वेदगुरुको संकल्प पुरा गर्न सबैजना लाग्नु पर्नेमा जोड दिए । सोहि अवसरमा हिन्दू जागरण नेपाल कास्की, सराङ्कोट बहुद्देश्य सहकारी संस्था लि., नेपाली कांग्रेस वडा इकाइ समिति पोखरा लेखनाथ १८, विद्याश्रम बाल क्लव लगायतका संघसंस्था एवं व्यक्तिहरुले अभिनन्दन गरेका थिए ।

विद्याश्रम कार्य समितिका अध्यक्ष भगवती अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मन्तव्य प्रअ श्रीराम तिमिल्सिना तथा कार्यक्रम संचालन सचिव गंगासागर उपाध्यायले गरेका थिए ।

कमेन्टहरु
Loading...