लागूऔषध चरेश सहित २ जना पक्राउ

पोखरा, २६ चैत /लागुऔषध नियन्त्रण व्युरो पोखराले लागुऔषध चरेश सहित २ जनालाई पोखराको जिरो किमिबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको तारा गाउँपालिका ४ का १९ वर्षिय विष्णु कडेल र वर्ष १८ कासुवास गौतम रहेका छन् । उनिहरुको साथबाट प्रहरीले ३ केजि चरेश बरामद गरेको हो ।

बागलुङबाट पोखराका विभिन्न स्थानमा प्रतिबन्धित लागुऔषध चरेस ल्याई विक्रिवितरण गर्दछन् भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण व्यूरो पोखराबाट प्रहरी निरीक्षक रविन्द्रमान गुरुङको कमाण्डमा खटेको प्रहरी टोलिले उनिहरुलाई पक्राउ गरेको हो ।

यसअघि  चैत्र २३ गते लागुऔषध नियन्त्रण व्यूरो पोखराले पोखराको घारीपाटनबाट दुई जनालाई गाजाँ र चरेस सहित पक्राउ गरेको थियो । उनिहरु संग कै सोधपुछका आधारमा आज निजहरुलाई पक्राउ गर्न सफल भएको लागूऔषध नियनत्रण ब्यूरो पोखराका प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरुङले बताए ।

कमेन्टहरु
Loading...