चट्याङ लागेर एक बालकको मृत्यु, दुई घाइते

भदौ, २१ हेटौंडा /मकवानपुरका छुट्टाछुट्टै स्थानमा बिहीबार चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने

दुईजना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन

लामाको मृत्यु भएको हो । उनी आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए

। उपचारका क्रममा चुरेहिल अस्पतालमा लगिएकोमा अस्पतालमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी चट्याङ लागेर बकैया गाउँपालिका–११ ठिँगनमा ३७ वर्षीय कृष्णलाल स्याङ्तान र हेटौंडा

उपमहानगरपालिका–७ की ४० वर्षीया सावित्री लुइँटेल घाइते भएका छन् । स्याङ्तान र लुइँटेलको हेटौंडा

अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...