पोखरामा कुनै पनि सार्वजनिक भेला र समारोह नगर्न कास्की प्रशासनको अनुरोध

पोखरा, २१ फागुन / कोरोनाको त्रास बढ्दै जादाँ कास्की प्रशासनले सार्वजनिक स्थलमा मेला, भेला, भेटघाट र समारोहहरु नगर्न आग्रह गरेको छ ।

भिडभाड तथा जनसमुदाय भेला हुने सार्वजनिक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रशासनको सूचनामा नेपालमा कोरोना संक्रमण नभए पनि पर्यटकीय सहर पोखरामा सतर्कता अपनाउन र सरसफाईमा ध्यान दिन पनि आग्रह गरिएको छ ।

कोरोना संत्रासकै कारण पोखराको पर्यटन व्यसाय धरासायी बनिरहेको छ ।

कमेन्टहरु
Loading...