जिल्ला प्रशासन कार्यालय कास्कीमा बालविकास कक्ष

पोखरा, २४ असार/जिल्ला प्रशासन कार्यालय कास्कीमा बालविकास कक्षको उद्घाटन गरिएको छ । बालविकास कक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गर्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी तथा जिल्ला प्रशासन कास्कीका प्रशासकीय अधिकृत अनिलकुमार शाहीको पहलमा फुलबारी मन्टेसरी कटेज प्रि तथा आधारभूत विद्यालय नदीपुरको प्रायोजनमा सो बाल विकास कक्ष निर्माण भएको हो ।

सरकारी प्रशासनहरुमा कार्यरत कर्मचारी तथा सेवाग्राहीका बालबालिकाहरुका लागि बालविकास कक्षको स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले बताएको छ । उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, प्रशासकीय अधिकृत अनिलकुमार शाही, फुलबारी मन्टेसरी कजेटका प्रिन्सिपल अरुना शेरचन लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

फुलबारी मन्टेसरी कटेज प्रि तथा आधारभूत विद्यालय नदीपुरका प्रिन्सिपल अरुना शेरचनले बालविकास कक्ष निर्माणका लागिकरिब १ लाख खर्च भएको बताउँनु भयो ।

प्रिन्सिपल शेरचनले भन्नुभयो, हामीले बालबालिकाको मनोविज्ञान तथा मनोभावनालाई बुझेर सो कक्ष बनाएका हौँ । प्रशासनको व्यस्त काम काजका बीच सेवा ग्राही तथा कर्मचारीका बालबालिकाबाल विकास कक्षामा आएर पढ्न, खेल्न र सिक्न सक्छन् ।

कमेन्टहरु
Loading...