चोरी रोकथाम गर्न पोखरा १५ मा सिसी क्यामेरा

पोखरा, १२ पुस/ बढ्दो चोरी रोकथाम र सुरक्षालाई ध्यान दिदै सिसि क्यामेरा जडानका गरेको छ । पोखरा १५ का १७ ठाउँमा सिसी क्यामरा जडान भइ सकेको वडाअध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।

वडाको बिरेन्द्र चोक देखि चोरसाघु पुल सम्म, घलेचोक देखि टुटुङगा सम्म र ढुङेसाघु चोक देखि गलेश्वर चोक सम्म अप्टिकल फाईबरमा सिसी टिभि जडानका लागि ईन्टरनेट तार) जडान भईसकेको छ ।

त्यस्तै वडा कार्यलाय देखि लक्ष्मी टोल हुँदै रामबजार सम्म र फलेपाटन देखि एयरपोर्ट बोर्डर सम्म र सेन्टमेरिज मार्ग देखि प्रतिभाटोल खत्रीचोक हुदै नंयागाउँ ट्याक्सीचोकसम्म गरी ११ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान भइसकेको अध्यक्ष पौडेलले बताए ।

वडाका सार्वजनिक महत्वका चोकहरु र बोर्डरहरुमा गरि २८ वटा सिसी क्यामारा जडान गर्ने लक्ष्य राखिएको उनले बताए । पौडेलका अनुसार वडामा आवश्यकता अनुसार ६४ वटा सिसी क्यामेरा राख्न मिल्ने गरि प्रविधि जडान गरिएको छ ।

सिसि टिभीकोे मनिटर वडाप्रहरी कार्यालय रामबजार र वडा कार्यालयमा समेत राखिने उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...