पोखरा महानगरमा ८ करोडका सिसी क्यामेरा जडान गर्ने

पोखरा, १७ असोज/ पोखरा महानगरपालिका भित्रको सुरुक्षा संयन्त्र थप बलियो बनाउँन पोखराका विभिन्न ठाउँमा सिसी क्यामेरा जडान गरिने

भएको छ । पहिलो चरणमा मुख्य १५ स्थानमा जडान भइ सकेको छ ।

गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की तथा विभिन्न उद्योगी व्यवसायिसँगको सहकार्यमा

क्यामेरा जडान गरिने भएको हो । ‘बिचमा अरुसँग पनि सहकार्य हुन सक्छ,’ पोखरा महानगरका मेयर मानबहादुर जिसीका स्वकीय सचिव

लक्ष्मण तिमिल्सिनाले भने, ‘खासमा महानगरको सुरक्षा मजबुत बनाउँनका लागि क्यामेरा जडान गरिँदै छ ।’

जडानका लागि ८ करोडको बजेट छुट्याइएको उनले जानकारी दिए । ‘यस वर्ष ४ करोड बिनियोजन गरियो,’ उनले भने, ‘यस आर्थिक

वर्ष भित्रमा योजना पुरा गर्ने लक्ष छ ।’ उनले पोखराको पर्यटन मार्ग, ट्रेकिङ रुटहरुमा समेत क्यामेरा जडानको सहकार्यको लागि

दाताहरुसगँ कुरा अगाडि बढिरहेको उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...