कारितास नेपालद्धारा स्वास्थ्य सामग्री प्रदान

पोखरा, २५ जेठ / कारितास नेपालले पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कारितास नेपाल कास्कीका प्रमुख शोभा आचार्यले स्वास्थ्य सामग्री महानगर प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेकी हुन् । क्वारेन्टाइनमा चाहिने आवश्यक सुरक्षा सामग्री संस्थाले दिएको हो ।

महानगर प्रमुख जिसीले स्वास्थ्य सामग्री हस्तान्तरण रहेकोमा संस्थालाई धन्यवाद व्यक्त गरेको थिए । त्यसै गरी माछापुच्छ«े गाउँपालिकाको स्वास्थ्य चौकी र घाचोक स्वास्थ्यचौकी र अन्नपूर्ण गाउँपालिकालाई कोरोनो भाइरस पूर्वतयारी स्वास्थ्या सामग्री वितरण गरेको हो ।

कारितास नेपालले हाइजेनिक किट १७० थान सेट, थार्मोगन १० थान, स्प्रे मेसिन १० थान, एन ९५ माक्स र पञ्जा ८९/८९ थान र डिसइन्फेक्सन झोल ५० लिटर प्रदान गरेका प्रमुख आचार्यले जानकारी दिइन् । .

कमेन्टहरु
Loading...