पोखरमा क्याम्बियम नेपाल रोड शो

पोखरा, १३ असोज/ फस्ट लिंक प्रालि र क्याम्बियम नेटवक्र्सले पोखराको लेकसाइडमा “क्याम्बियम नेपाल रोड शो २०१८” कार्यक्रम सम्पन्न गरेका

छन् । शहरी तथा ग्रामिण भेगलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा क्याम्बियमका विभिन्न उत्पादन तथा हिमाल,

पहाड र तराईलाई प्रविधिको माध्यमबाट कसरी जोड्न सकिन्छ भन्ने बारेमा जानकारी दिइएको थियो । नेपालमा क्याम्बियमको घरायसी,

अफिसियल, इन्डष्ट्रियल प्रयोजनका राउटर तथा अन्य वायरलेस उत्पादनहरु छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले नयाँ प्रविधि ल्याउन प्रदेश सरकार सधैं तत्पर रहेको बताए । प्रदेशका

सबै मन्त्रालयमा अत्याधुनिक प्रविधि प्रयोग गरी आम जनतालाई सेवा दिने बताउँदै उनले ४ नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउने प्रतिबद्धता

दोहो¥याए । बजेटमा नै स्मार्ट सिटीको अवधारणा ल्याइएकाले अहिले जताततै स्मार्ट सिटी तथा स्मार्ट गाउँको बारेमा छलफल भइरहेको मन्त्री

बस्नेतले बताए ।

क्याम्बियमको नेपालका लागि आधिकारिक वितरक फस्ट लिंक प्रालिका प्रबन्ध निर्देशक अमित थापा क्षेत्रीले प्राविधिक क्षेत्रको विकास तथा

उत्थानमा फस्ट लिंंकले सहयोग गरिरहेको बताए । फस्ट लिंकले विगत ४ वर्षदेखि आईटी क्षेत्रको विकासका लागि विभिन्न उत्पादनहरु आयात गरी

सेवा दिइरहेको छ । क्याम्बियम नेटवकर््सको सार्क क्षेत्रका भाईस प्रेसिडेन्ट राजीव कपुर र क्षेत्रीय व्यवस्थापक सुनित सक्सेनाले क्याम्बियमका

विभिन्न उत्पादनका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा स्मार्ट सिटीको बारेमा पनि छलफल भएको थियो । सुबिसु केवल नेट प्रालिका अध्यक्ष सुधिर पराजुली, वालिङ नगरपालिकाका प्रमुख

दिलिप प्रताप खाँण, कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान)की उपाध्यक्ष सुनैना पाण्डे र पोखरा महानगरपालिकाका सूचना अधिकृत गंगालाल

सुवेदी ले यो छलफलमा भाग लिएका थिए । स्मार्ट सिटिका लागि आईटी मात्र नभएर अन्य सुचकांकलाई पनि विस्तार गर्नुपर्ने, जनताको सोचमा

परिवर्तन आउनुपर्ने तथा प्राइभेट पब्लिक पार्टनरसीपका आधारमा स्मार्ट सिटी अवधारणालाई अघि बढाउनुपर्ने छलफलको निष्कर्ष थियो ।

कार्यक्रममा पोखराका विभिन्न होटल, बैंक, फाइनान्स, नगरपालिका, गाउँपालिका, इन्टरनेट सर्भिस प्रोभाईडर तथा अन्य क्षेत्रका व्यक्तिहरुको

उपस्थिती थियो ।

कमेन्टहरु
Loading...