बस पोलमा ठोकिदा पोखरामा बाटो अबरुद्ध

पोखरा, २ साउन /पोखराको भीमसेनटोलमा बसले विद्युतको पोलमा ठक्कर दिदा लत्रेको तारका कारण सडक अबरुद्ध भएको छ । ग.१ ख. ३७०७ नम्बरको बसले विहान ४ बजेतिर ठक्कर दिदा विद्युतको तार लत्रिएको थियो ।

तार लत्रिएका कारण विहानदेखी सडक अबरुद्ध भएको कास्की प्रहरीले जनाएको छ । सडक अबरुद्ध हुँदा त्यस क्षेत्रबाट चल्ने सवारी साधन चल्न सकेका छैनन् भने पैदल यात्रु एकातिरको कुनाबाट हिंडडुल गर्न मिल्ने प्रहरीले बताएको छ ।

तार ब्यबस्थापन र मर्मत सम्भारको काम भइरहेको बताइएको छ । तार लत्रिदा भीमसेनटोल, गणेशटोल, गैह्रापाटन, विन्ध्यबासिनी लगायतका क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।

कमेन्टहरु
Loading...