पोखरा आउदै गरेका व्यक्ति बसमा बेहोस हुँदा मृत्यु

पोखरा, २७ वैशाख /बिहीबार बिहान लम्जुङको सिङ्दीबाट पोखरा आउदै गरेको एक बसमा बेहोस अवस्थामा भेटिएका व्यक्तिको मृत्यु भएको छ ।

ना ६ ख १६०२ नम्बरको बसको अन्तिम सिटमा पोखरा आउदै गरेका नाम थर वतन नखुलेका अन्दाजी ४५ बर्षका पुरुषको अस्पतालमा मृत्यु भएको हो । पोखरा तर्फ आउने क्रममा आफु बसेको सिटमा बेहोस भएका थिए ।

बेहोस अवस्थामा सोही गाडिको स्टाफले देखि उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याईएकोमा उपचारको क्रममा साढे दुई बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...