वन्यजन्तु संरक्षण सम्बन्धि पत्रकार अभिमुखिकरण

वातावरण संरक्षणका लागि नयाँ कानुन बनाउँदै छौंः मन्त्री लम्साल

पोखरा, ५ साउन / वन्यजन्तु अपराध नियन्त्रण तथा वातावरण संरक्षणका विविध पक्षका बारेमा पत्रकार महिलाहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेचर मिडिया प्रा.ली. र संचारिका समुह नेपाल ले शनिबार उक्त कार्यक्रम आयोजना आयोजना गरेको हो ।

वातावरण र वनजंगलसँग सम्बन्धित बिभिन्न कामहरुमा आम महिलाको प्रत्यक्ष सहभागिता हुने भएकोले वातावरण संरक्षण , संवद्र्धन र प्रवद्र्धनमा पनि महिलाको भुमिका महत्वपूर्ण हुने कार्यक्रममा बताइएको थियो ।

यसैविच कार्यक्रमको उद्घाटन गर्दै उद्योग, पर्यटन, वातावरण तथा वन मन्त्रि बिकास लम्सालले बन्यजन्तु र वातावरण संरक्षण गर्दै गण्डकी प्रदेशको जैविक बिबिधतालाइ आर्थीक विकासमा उत्पादनमुलक बनाउने उद्देश्य प्रदेश सरकारको रहेको भन्दै यसका लागि नयाँ कानुन, निति तथा निर्देशिकाहरु ीछट्टै सार्वजनिक गरिने बताए । उनले मानव समुदायको जिवनसंग जोडिएको बनजंगल र बन्यजन्तुको संरक्षण गर्न सबैको भूमिका अपरिहार्य रहेको बताए ।

कार्यक्रममा बोल्दै मंत्री लम्सालले बनपैदावर र बन्यजन्तुको चोरी शिकारी रोक्न पत्रकारहरुले सकारात्मक समाचार सुचना प्रवाह गर्नुपर्ने बताए । मन्त्रि लम्सालले वातवावरण सँग सम्बन्धित समस्याहरुमा सरकार भन्दा बढी स्थानीयवासीनै नजिक हुने भएको कारण सरकारलाइ झकझक्याउन पनि समुदायको भूमिका महत्वपूर्ण हुने बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापका) प्रमुख राज कुमार गुरुङले बिश्वबाटै लोपोन्मुख प्रजातीका बन्यजन्तुहरुको बिनास भैरहदा नेपालमा आसा लाग्दो स्थिति रहेको जनाउँदै मानव र वन्यजन्तु दुबैलाइ प्राणीको रुपमा बराबर न्याय हुनु पर्ने बताए ।संचारिका समुह नेपालका अध्यक्ष नितु पंण्डीतले बन जंगल महिलासंग पनि जोडिएको हुदा लैड्डीक दृष्टिकोणबाट हेरिनुपर्ने बताईन् ।

पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले जिम्मेवार व्यक्ति तथा निकायहरुले नै संरक्षित बन्यजन्तुको शिकार गरी, मासुको तरकारी पकाउने गरेको बताए । ‘ हरियो वन हेर्नका लागि मात्रै प्रयो हुने अवस्था आउनु भएन उनले भने । हरियोबन कार्यक्रमका पूर्र्ण कुंवरले नेपालले अन्तराष्ट्रियस्तरका सन्धी सम्झौताहरुमा हस्ताक्षर गरेका कारण अन्य मुलकले उनिहरु कै जनावर नेपालको बाटो हुदै फेरी तेस्रो मुलुक लैजाने गरेकोले, कडाई गर्नुपरेको जनाएका थिए ।

कार्यक्रम संचारिका समुहका गण्डकी प्रदेश अध्यक्ष स्मिता अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बानका महासचिव दुर्गा अधिकारी, पोखरा बर्ड सोसाइटिका सचिव हेमन्त ढकाल, संचारिका समुह गण्डकीका महासचिव कविता श्रेष्ठ लगायतका बत्ताहरुले बोलेका थिए ।

सो कार्यक्रममा बन तथा वातावरण मंत्रालयका सहसचिव डा. महेश्वर ढकाल, हरियोवन कार्यक्रमका संयोजक माधव खड्का, वातावरण पत्रकार पिताम्बर सिग्देल, अन्पूर्ण क्षेत्र आयोजनाका रेन्जर सुधा पराजुली ढुङगाना लगायतले पत्रकार महिलालाइ वन्यजन्तु चोरि शिकारी र वातावरण संरक्षणका बिभिन्न पक्षमा अभिमुखिकरण गराएका थिए ।

कार्यक्रममा बिगत भन्दा हाल चोरी शिकारीमा कमि आएको, कानुन्को कडा कार्यान्वयनका कारण नेपालका बन्यजन्तुका छाला, दांत, नग्रा, भुत्ला र मासुको ब्यापार बिगत भन्दा कमि रहेको बारे प्रस्तुतीकरणमार्फत जानकारी गराइएको थियो । उक्त अभिमुखिकरण तालिममा गण्डकी पोखराका बिभिन्न संचारमाध्यममा कार्यरत सक्रिय ३० जना पत्रकार महिलाको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...