फिर्के–बुलौंदी सफाइ अभियानमा उत्साहजनक सहभागिता

पोखरा, १ असोज/पोखरामा जारी फिर्के–बुलौंदीखोला बृहत सफाइ अभियानको १६ औं श्रृंखला भव्यताका साथ सम्पन्न भएको छ । जरेवर–फेवाताल जोड्ने बुलौंदी खोला पुलदेखि १ किमी दुरीसम्मको करिब १५ टन फोहोरमैला संकलन गरिएको नागरिक समाज पोखारका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

सफाइ अभियानमा विभिन्न सामाजिक संघसंस्थाले सहभागिता जनाउँदै ऐक्यवद्धता जनाएका छन् ।

फिर्के–बुलौंदी सफाइ अभियानमा उत्साहजनक सहभागिता
फिर्के–बुलौंदी सफाइ अभियानमा उत्साहजनक सहभागिता

ऐक्यवद्धता जनाउनेमा नेपाल रेडक्रस सोसाइटी पोखरा ७, नुवारथोक टोल विकास संस्था पोखरा ७, प्रगति दिदीबहिनी समूह बैदाम, उपकार बचत तथा ऋण सहकारी संस्था बैदाम, हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्था बैदाम, लियो क्लब अफ माछापुच्छे«, दीप युनाइटेड क्लब पोखरा १६, जगदम्बा आमा समूह बैदाम, मितेरी नारी समूह बैदाम, तामाङ आमा समूह बैदाम, वडा समिति कार्यालय वडा नं. ६, वडा नागरिक मंच पोखरा ६, युवा नेतृत्व नेपाल, बैदाम महिला विकास समाज, उज्वल दिदीबहिनी समूह जरेबर बैदाम, नेपाल स्काउट कास्की, अन्नपूर्ण आमा समूह बैदाम, शान्तिपाटन टोल विकास संस्था बैदाम, सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल, भवानी आमा समूह पोखरा ८, ड्यामसाइड टोल विकास संस्था, मासबार आमा समूह, महिला विकासका लागि आमा समूह मासबार, महिला क्लब पोखरा, रिठ्ठेगौंडा टोल विकास संस्था पोखरा ५, अभियान युवा क्लब पोखरा ५, समाजसेवा युवा क्लब मासबार, मुक्तिनाथ विकास बैंक, सशक्त नमूना महिला समूह मासबारलगायत थिए ।

यसअघि नेपाल रेडक्रस सोसाइटी पोखरा ७ का सभापति ठाकुरप्रसाद बरालले १० कार्टुन पिउनेपानी, हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी बैदामले ६ सय थान डिस्पोजल ग्लोब र मास्क, प्रगति दिदीबहिनी समूह बैदामले ५ कार्टुनपानी र २ प्याकेट मास्क, उपकार बचत तथा ऋण सहकारी संस्थाले १० कार्टुन पिउनेपानी, मुक्तिनाथ विकास बैकले ६ प्याकेट डिस्पोजल ग्लोब, पोखरा उपमहानगरपालिका कार्यालयका प्रशासन महाशाखा प्रमुख अनन्तप्रसाद कोइरालालाई हस्तान्तरण गरेका थिए । यसैबीच कार्यक्रममा उपस्थित एनआरएन अष्टे«लियाका तर्फबाट विकास केसी र सरोज पाण्डेबाट ५ हजार बराबरको अत्यावश्यक सफाइ सामग्री प्राप्त भएको थियो ।

यसअघि कार्यक्रममा उपस्थित अभियन्ता र स्वयंसेवकलाई स्थानीय विकास अधिकारी दामोदर भण्डारीले सपथ ग्रहण गराएका थिए । कार्यक्रमका सहभागीलाई निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । १७ औं हप्ताको सफाइ अभियान मालपोत कार्यालयसँगैको फिर्के–बुलौंदीखोलाको दोसाँधबाट हुने जनाइएको छ ।

कमेन्टहरु
Loading...