बागलुङमा थप एक महिलामा कोरोना पोजेटिभ, पुनः परीक्षणका लागि पोखरामा

बागलुङ, ३० चैत / बागलुङमा थप एक महिलालाई कोरोना पोजेटिभ देखिएको छ । दुई जनामा संक्रमण पुष्टि भएसँगै उपचाररत रहेका बेला द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट) गर्दा पोजेटिभ देखिएको हो ।

बागलुङको काठेखोला गाउँपालिकामा आइतबार ५७ जनाको द्रुत परीक्षण गरिएकोमा ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको कार्यपालिका सदस्यले जानकारी दिएका छन् ।

र्¥यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ । उनी केही साता अघि मात्रै गाउँका सर्वसाधारणसँगै मिलेर भारतको तीर्थयात्राबाट फर्किएकी हुन् ।

रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा वा काठमाडौं पठाउने तयारीमा रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए ।

कमेन्टहरु
Loading...