गोर्खा फिटनेसद्धारा हरिहर गुफा आश्रम क्षेत्रमा सरसफाई

पोखरा, ४ साउन /पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेको हरिहर गुफा परिसरमा बृहत सरसफाई गरिएको छ । पोखराको दीपमा रहेको गोर्खा फिटनेस ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका युवाहरुले गुफा परिसरको सरसफाइ गरेका हुन ।

गोर्खा फिटनेसले सामाजिक काममा समेत आफुुहरु अगाडी वढ्नुपर्छ भन्ने उद्देश्यका साथ हरिहर गुफा परिसरमा सरसफाइ गरिएको गोर्खा फिटनेस ट्रेनिङ सेन्टरका सञ्चालक डिबी लामाले वताए ।

शनिवार ट्रेनिङ सेन्टरमा विदा हुने भएकाले पशिक्षार्थीहरुलाई सामाजिक काममा समेत अग्रसर हुने र नजिकका मठ मन्दिर तथा प्राकृतीक सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने भावना युवाहरुमा जगाउनका लागी आफुहरुले हरिहर गुफा परिसरमा सरसफाई गरिएको गोर्खा फिटनेसका अर्का सञ्चालक हिरा पुनले वताए ।

आगामी दिनमा समेत यस्ता सम्पदाहरुमा पुगी सरसफाइ र संरक्षण गर्न लागी पर्ने उनको भनाइ रहेको थियो । पोखरा महानरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङको सक्रियता र गोर्खा फिटनेस ट्रेनिङ सेन्टरको सहयोगमा सेन्टरमा रहेका २ सय ५० युवाहरुले हरिहर गुफा प्राङगण र गुफा परिसरमा रहेको फुट ट्रयाकको दाया बांयाका झाडी पन्छ्याउनुका साथै फुट ट्रयाकमा रहेका झारपातहरु हटाएर चिटिक्क पारेका थिए ।

हरिहर गुफामा साउन महिनाको प्रत्येक सोमबार बोलवोम पुजा हुने भएकाले आफुहरुले समेत सरसफाइको आयोजना गरिरहदा गोर्खा फिटनेस ट्रेनिङ सेन्टरले युवाहरु ल्याइ सरसफाइ गरेकोमा हरिहर गुफा सन्यास आश्रमका उपाध्यक्ष अर्जुन बहादुर खत्रीले विशेष धन्यवाद ब्यक्त गरे । पोखरा नजिकै रहेको रमणीय स्थल हरिहर गुफा प्रचार प्रसारको अभावमा ओझेलमा परेको वताउदै गुफाको प्रचार प्रसार सहित यसको महत्वको बारेमा आम जनमानसलाई थाहा दिन सके गुफा पर्यटकको केन्द्रविन्दु वन्ने खत्रीको भनाइ रहेको थियो ।

सो अवसरमा सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले भलाम बासीले पर्यटकीय गन्तब्यको रुपमा रहेको हरिहर गुफाको संरक्षण गरिरहेको र आगामी दिनमा वडाको तर्फबाट सहयोग गरी गुफाको महत्वको बारेमा प्रचार प्रसारमा सहयोग गर्ने वताए । हरिहर गुफा भलामको मात्र नभइ समग्र पोखराको इतिहास बोकेको गुफा भएकाले यसको संरक्षण संगै प्रवद्र्धनका लागी वडा र आफु लागी पर्ने अध्यक्ष गुरुङको भनाइ रहेको थियो । हरिहर गुफा आश्रममा हाल १० जना वृद्धवृद्धाहरु आश्रित रहेका छन् ।

कमेन्टहरु
Loading...