विश्व पुस्तक दिवसमा पोखरामा पुस्तक उपहार

पोखरा, १० वैशाख /विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस अवसरमा पोखरा पुस्तक साटासाट गरे मनाएका छन् । ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको आयोनजामा पुस्तक प्रेमीहरुले अर्को साथीलाई पुस्तक उपहार दिदै मनाएका हुन् ।

आफुलाई मन परेको पुस्तक अन्य साथीलाई पढ्न दिन र पढ्न प्रति उत्पेरित गर्ने पुस्तक उपहार कार्यक्रम राखेको ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष केशवशरण लामिछानेले बताए । उनले राम्रो पुस्तक अरु साथीले नपाएको हुनसक्छ, थाहा नपाएको हुन सक्छ त्यसैले उपहार कार्यक्रम राखेको बताए ।

पुस्तकहरु स्वतन्त्र र खुला समाजका आधार स्तम्भ हुन् भन्ने मान्यता तथा पुस्तक, लेखक र प्रतिलिपी अधिकार सुरक्षित राख्ने कानुनको सम्मानमा नेपालमा पनि बिभिन्न कार्यक्रम गरी पुस्तक दिवस मनाउने गरिएको उनले बताए ।

राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोको आह्वानमा सन् १९९५ देखि अप्रिल २३ तारिखका दिन यो दिवस विश्वभर मनाउन थालिएको हो । अप्रिल २३ तारिख विश्व प्रसिद्ध नाटककार विलियम शेक्सपियरको निधन भएको दिन पनि हो । नेपालमा पुस्तक तथा प्रतिलिपी अधिकार दिवस मनाउन थालिएको केही वर्ष मात्रै भएको छ ।

पछिल्ला वर्षमा पुस्तक पढ्ने बानी बढ्दै गएको श्रष्टाहरुको भनाई छ । सर्जकको अनुमति बिना कुनै पनि सामाग्रीको नक्कल गर्न, उत्पादन गर्न र बिक्री वितरणमा रोक लगाउने कानूनको रुपमा नेपालमा प्रतिलिपी अधिकार ऐन २०५९, प्रतिलिपी अधिकार नियमावली २०६१ कार्यान्वयनमा छ ।

कमेन्टहरु
Loading...